जनकपुरको विभिन्न मुख्य स्थानहरु डुवानमा

2 years ago

जनकपुरको विभिन्न मुख्य स्थानहरु डुवानमा

लगातार परेको पानीले गर्दा जनकपुरधामको विभिन्न मुख्य चौकहरु जलमग्न बनेको छ ।

गए राति र बिहान परेको पानीले गर्दा जनकपुरधामको चोक र गल्लीहरुमा पानी र हिलाम्य बनेको छ । जनकपुरधामको मुख्य चोक, रामानन्द चोकमा पानीको उचित निकास नभएकोले मुख्य चोकमा रेहेका, ओषधी पसल, खाजा पसल, शैलुन आदि पसलहरु भित्र समेत पानी पसेको अवस्था छ ।

प्रादेशिक अस्पताल, हुलाक कार्यालय लगायत अन्य सरकारी कार्यालयहरु पनि जलमग्न बनेको छ । उचित पानी निकास नभएकोले प्रत्येक वर्ष वर्षा याममा जनकपुरधाम जलमग्न हुने गरेता पनि, सरोकारवाला निकायले खासै ध्यान नदिएको स्थानीयको भनाई रहेको छ ।

मुख्य सडकहरुमा अन्डरग्राउनड ढ्लले काम नगरेको र पानी जम्ने, हिलाम्य हुने जस्तो समस्याहरुबाट प्रत्येक वर्ष आफुहरुलाई समस्या भोग्नु परिरहेको स्थानीवासीको गुनासो रहेको छ ।